अष्ट्रेलिया एवार्ड अन्तर्गत सहभागी रहेका १५ नेपालीले डढेलो नियन्त्रण तालिम लिएका छन् । अष्ट्रेलियाका विभिन्न ठाउँको भ्रमण गरी उनीहरुले अग्नी नियन्त्रकहरुसँग डढेलो लागेको बेला कसरी नियन्त्रण लिने लगायतको तालिम लिएका हुन् ।
यो समूहमा गृह मन्त्रालय, वन मन्त्रालय, सशस्त्र प्रहरी, नेपाली सेना, चुरे तराई मधेश संरक्षण विकास बोर्ड, सामूदायिक वन उपभोक्ता महासंघ, विश्व वन्यजन्तु कोष नेपाल लगायतका संघसंस्थाका प्रतिनिधिहरुले यस्तो तालिम लिएका हुन् ।


प्रतिक्रिया