क्वीन्सल्याण्ड, अष्ट्रेलिया ।
अष्ट्रेलियाका धावक फिल गोरले ५ दिनमा करिब ८ सय किलोमिटर दौडेर विश्व रेकर्ड बनाएका छन् । क्वीन्सल्याण्डको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित डेड काउ गुल्लीमा ६ दशमलब ७ किलोमिटर लामो क्षेत्रमा १ सय १९ पटक घुमेपछि यो रेकर्ड बनेको हो । शनिबारबाट दौडिन सुरु गरेका उनले दौड सकाउँदा बिहीबार भइसकेको थियो । रेकर्ड बनाउनुअघि उनीसँग न्यूजिल्याण्डका धावक प्रतिस्पर्धामा थिए । कूल २ सय ६३ धावकहरुले दौड सुरु गरेका थिए ।
दोश्रो भएका साम हार्भिले १ सय १७ पटक उक्त फेरोमा दौडिएका थिए । उनले आफ्नो देशको नयाँ रेकर्ड बनाएका छन् ।
उक्त दौडकै क्रममा दुईजना महिलाहरुले राष्ट्रिय रेकर्ड तोड्न सफल भएका छन् । अष्ट्रेलियाकी होली रान्सनले ६१ पटक उक्त फेरो घुम्दै ४ सय ८ किलोमिटर दौड पूरा गरिन् भने न्यूजिल्याण्डका जेन म्याकअल्पाईनले ५३ फेरो दौडिएर ३ सय ५५ किलोमिटर यात्रा पूरा गरेकी थिइन् । दौडामा जपान, बेल्जियम, स्पेन, अमेरिका लगायतका धावकहरु सहभागी थिए ।
प्रतिक्रिया