चितवन क्रिकेट क्लबले जित्यो ४५ सय डलरसहित ग्रेस कप २०२५ को उपाधि !

चितवन क्रिकेट क्लबले जित्यो ४५ सय डलरसहित ग्रेस कप २०२५ को उपाधि !



मेलबर्न, अष्ट्रेलिया ।
नेप्लीज क्रिकेट एशोसिएसन अफ भिक्टोरियाको आयोजना र ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसको मुख्य प्रायोजनमा मेलबर्नमा भएको ग्रेस कप क्रिकेट प्रतियोगिता २०२५ को उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । १० टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनलमा फार वेष्टर्न क्रिकेट क्लबलाई ७ विकेटले पपराजित गर्दै चितवन क्रिकेट क्लबले उपाधि जितेको हो । उपाधिसँगै ट्रफी प्रमाणपत्र र ४५ सय डलर नगद पुरस्कार पनि क्लबले जितेको छ ।

दोश्रो भएको फार वेष्टर्न क्रिकेट क्लबले २७ सय डलर हात पार्न सफल भयो । नेप्लीज क्रिकेट एशोसिएसनसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई ग्रेस ईन्टरनेशनलका निर्देशक दिपक आचार्य, एनआरएन भिक्टोरियाका उपसंयोजक महादेव धानुक लगायतले ट्रफी वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत ३९ खेल सम्पन्न भएका थिए । प्रतियोगितापछि प्रतिक्रिया दिँदै निर्देशक दिपक आचार्यले प्रतियोगिता निकै उत्साहबद्र्धक भएको बताए । उनले प्रतियोगिताको पहिलो संस्करणको सफलतापछि यसलाई निरन्तरता दिन आवश्यक रहेको पनि धारणा राखेका छन् ।

आयोजक नेप्लीज क्रिकेट एशोसिएसन अफ भिक्टोरियाका प्रेसिडेन्ट विकास सापकोटाले प्रतियोगिताको सफलतापूर्वक सञ्चालनका लागि साथ, सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।