मेलबर्न, अष्ट्रेलिया ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानले अमेरिकी आक्रमणविरुद्ध प्रतिरोध गरे थप बल प्रयोग गर्ने धम्की दिएका छन् । राष्ट्रपति भवनमा आयोजना गरिएको देशवासीका लागि सम्बोधनमा बोल्दै उनले अमेरिकी सैनिकहरुको साहसपूर्ण र देशभक्तिपूर्ण कामको प्रशंसा गरे । बी २ स्टेल्थ बम्बर प्रयोग गरी फोर्डो, नतन्ज र इस्फहानका क्षेत्रमा बंकर बस्टर बम खसालिएपछि उनी देशवासीलाई सम्बोधन गर्दै सफल हमलाको लागि बधाई दिएका थिए । उनले संलग्न ईजरायली सैनिकहरुको पनि प्रशंसा गरे ।
उता ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको निर्णयलाई ऐतिहासिक बताएका छन् । आक्रमणको प्रतिक्रयामा ईरानले अन्तर्राष्ट्रिय कानूनहरुको उल्लंघन भएको बताएको छ । ईजरायल र ईरानबीच चलिरहेको तनावमा अमेरिकी प्रवेसले यो तनावलाई बढाइदिने अपेक्षा छ । ईरानले यो आक्रमणलाई संयुक्त राष्ट्र संघीय अवधारणा र घोषणापत्रको ठाडो उल्लंघन भएको प्रतिक्रिया दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले घटनाले मध्यपूर्वमा तनाव थपिने आशंका व्यक्त गर्दै कुटनीति र सम्वादको आवश्यकतामा जोड दिएका छन् । न्यूजिल्याण्ड, अष्ट्रेलिया मेक्सिको, भेनेजुयला र क्युबाले तत्कालै वार्ता सुरु गर्न सुझाएका छन् ।
यता अमेरिका भित्र डेमोक्र्याटहरुे राष्ट्रपति ट्रम्पले संसदको अनुमति नलिई आक्रमण गरेको भन्दै आलोचना गरेका छन् । आक्रमणले ईरानको आणविक क्षमतामा ठूलो धक्का पुऱ्याएको देखिन्छ ।
प्रतिक्रिया