सुदूरपश्चिम समाज भिक्टोरियाको अध्यक्षमा दिप चन्द, अन्य पदाधिकारीमा को-को भए चयन ?

सुदूरपश्चिम समाज भिक्टोरियाको अध्यक्षमा दिप चन्द, अन्य पदाधिकारीमा को-को भए चयन ?


अस्ट्रेलिया, मेलवर्न ।

सुदूरपश्चिम समाज भिक्टोरियाको अध्यक्षमा दिप चन्द चयन भएका छन्। भिक्टोरियाको मेरन्डास्थित चिली एभरेस्ट रेस्टुरेन्टमा भएको एक कार्यक्रमकाबीच चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितीको अध्यक्षमा दिप चन्द, उपाध्यक्ष केशव पन्त, सचिव बिक्रम कुँवर, कोषाध्यक्ष प्रदीप कुँवर चयन भएका छन्। यस्तै संस्थाको सदस्यहरूमा मुक्ता सिंह, मनोज अधिकारी, विनोद कुँवर, उदय देवकोटा, राशी सिंह ठाकुरी र थानेश्वर भट्ट निर्वाचित भएका छन्।

उक्त कार्यक्रममा समाजका पूर्व अध्यक्ष तथा एनआरएनए भिक्टोरिया डिपुटी कोर्डिनेटर महादेव धानुक, संस्थापक सदस्य सुबास कुँवर, न्याभ अध्यक्ष डा.याकिन्द्र तिमिल्सेनाको उपस्थित रहेको थियो।

नयाँ अध्यक्ष दीप चन्दले आफ्नो सम्बोधनमा समाजमा एकता, सेवा र सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गर्दै युवादेखि ज्येष्ठ नागरिकसम्म सबैलाई समेटेर सुदूरपश्चिम समाजलाई अझ सशक्त बनाउने बताए ।

समाजको अघिल्लो कार्यकालका उपलब्धिहरूको समीक्षा गर्दै पूर्व अध्यक्ष नरेश रावलले नेतृत्व हस्तान्तरण गर्दै नयाँ समितिलाई सफलताको शुभकामना दिएका थिए।