एनआरएनको विवाद त्यतिबेला नयाँ मोडमा पुग्यो जतिबेला अदालतको आदेश बमोजिम गठन भएको उच्चस्तरीय समितिले एकता अधिवेसन सम्पन्न भएको भन्दै सर्वसम्मत नेतृत्व घोषणा गर्यो । काठमाडौंमा भेला भएका प्रतिनिधिहरुले नयाँ कार्यसमिति घोषणा गर्दैगर्दा शेष घलेले काठमाडौंमा यसअघि अधिवेशन गरेर त्यहाँबाट नेतृत्वमा पुगेका विनोद कुँवरको मनबाट भने यो झमेला बल्ल सकियो भन्ने परिरहेको थियो शायद । सोमबार उच्चस्तरीय समितिले नयाँ कार्यसमितिको सम्मानमा आयोजना गरेको कार्यक्रमको सभापतित्व उनैले गरेको थिए । अन्तिममा बोल्ने पालो आएपछि फेरि बोल्न पाइने हो कि होइन भन्दै उनले आफ्नो मन्तव्य राखे । जहाँ उनले कार्यकाल सकिएको तर जिम्मेवारी अझै बाँकी रहेको भन्दै थिए । उनी उच्चस्तरीय समितिको सदस्यका रुपमा यस्तो दावी गर्दै थिए । उनले अर्को पक्षलाई अदालतको आदेश नमानेको आरोप लगाइरहँदा अदालतले नै उनीसहित तीन जना अध्यक्षहरुलाई पनि अवैध भनिसकेको विषय भने उनले बिर्सिएको जस्तो गरे ।
उच्चस्तरीय समितिले नयाँ कार्यसमिति बनाइदिएपनि त्यो कार्यसमितिले अहिलेको एनआरएनको क्रियाशील समितिबाट नेतृत्व प्राप्त कसरी गर्छ ? यो अन्योलको विषय बनेको छ । आगामी अक्टोबरमा कार्यकाल सकिने भएपनि त्यसअघि विभिन्न ८० देशमा भएका राष्ट्रिय समन्वय परिषद्हरुको अधिवेशनबाट आउने नयाँ नेतृत्वको प्रतिनिधित्व यसले गर्न सक्ला त रु कतिपय ठाउँमा अहिलेको वैधानिक कार्यसमितिलाई नै बाईपास गरेर प्रतिनिधि काठमाडौंमा भेला पारिएको थियो त्यसलाई कसरी मिलाउन सकिनेछ रु यावत गम्भीर प्रश्नहरु खडा छन् । तर, सर्लक्कै यही समितिलाई सबै तालाचावी जिम्मा आउने जस्तो गरेर यतिबेला प्रचार गरिँदैछ ।
के भनेका थिए विनोद कुँवरले आफ्नो अन्तिम सम्बोधनमा तल हेर्नुहोस् –
हाम्रो कार्यकाल हिजोबाट सकिएको छ । दुईवर्षदेखि काम गर्दै जाँदा आज हामी एकतामा आइपुगेका छौं । उच्चस्तरीय समितिका संयोजक र नयाँ अध्यक्षसहित सबैलाई आफ्ना कुराहरु र विषम परिस्थितिले हामी विभाजित भएका थियौं । आज हामीलाई हाईकोर्ट र सर्वोच्च अदालतको परमादेशले सबैलाई एकठाउँमा पुर्याएको थियो । अझै केही साथीहरु छुटनुभएको छ । सर्वप्रथम त महेश श्रेष्ठको नेतृत्वमा बनेको समितिलाई बधाई दिन चाहन्छु । सफलताको कामना गर्न चाहन्छु । हामी विषम परिस्थितिमा दुबै कार्यसमितिले सहजता पाएनौं । रविनाजी, कुलजी र म हामी एकता गर्नेमा आजको प्रमुख अतिथि एनआरएनको ढुकढुकी डा। शेष घलेजी र पछाडी बसेर कतै नदेखिइकन सहज रुपमा पछाडि बसेर काम गर्ने जमुना भाउजु । शायद उहाँ नै भएर होला शेष दाई यो आजको ठाउँसम्म आइपुग्नुभएको हो । शायद श्रीमान श्रीमती भनेको रथको दुई पांग्रा हुन् भन्ने लाग्थ्यो । दुबै सही भए मात्र रथ ताकेको ठाउँसम्म पुग्छ । अब हामी एक भएका छौं । अब एकता भएनौं भन्न मिल्दैन । यस्तो नभन्नुहोला । परमादेश र सर्वोच्च अदालतले दिएको एकता त्यहाँभन्दा अर्को एकता हुँदैन । म यति भन्न चाहन्छु । साथीहरुले मलाई धेरै नबोल्नुभन्नुभएको छ । तर, योभन्दा पछि बोल्न पाउँदिन कि भन्ने लागेको छ । हिजोदेखि अध्यक्ष महेशजी बन्नुभएको छ त्यसपछि अब बोल्न त कहाँ पाइन्छ होला र रु अघि शेष दाईले भन्नुभयो, हाई लेभल कमिटीको हिजैबाट काम सिद्धियो भन्नुभएको थियो । तर, दाई भएको छैन । सबै मुद्दा सिद्धियो भन्नुहुन्थ्यो । त्यो होइन । हाई लेभल कमिटीको जिम्मेवारी पनि यो कमिटीलाई जिम्मेवारी दिलाउने हो । दुईचार दिन एक महिनाभित्र नै आफ्नो कार्यालयमा बसेर काम गर्ने अवसर मिलोस् । हामी त्यसकै लागि लडिरहेका छौं । हामीले बनाएको भवन हुँदाहुँदै बाटो बाटोमा बसेर काम गर्नु परिरहेको छ । आरके शर्मा यहाँ देखिनुभएन । तर, उहाँ नेतृत्वको साथीहरुले धेरै गर्नुभएको थियो ।
हामीहरुको मनको एकता भयो । हिजो हामीलाई महाधिवेशनको रुप दिएपनि हामीले एउटै कोठामा बसेर कुरा राख्न पाएका थिएनौं । म आजबाट त भन्ने हो भने बद्री केसी पनि निवर्तमान नै भन्ने छु । हामीले दुख पायौं । हामीलाई न्यायालय जाँदै गर्दा परमादेश भनेको थाहा पनि थिएन । मुद्दा हाल्न पनि सिक्यौं । अब आउने कार्यसमितिलाई यस्तो अवस्था नपरोस् । सम्बृद्ध नेपाल, मातृभूमिको विकासका लागि विदेशिएका नेपालीहरु हौं । विदेशमा बाटो नदेखेकाहरुलाई बाटो देखाउने हाम्रो काम हो । यति भन्दै म नयाँ कार्यसमितिका साथीहरुलाई तपाईंहरुलाई सदैव साथ दिनेछु भन्दै आजको यो कार्यक्रम सम्पन्न भएको घोषणा गर्दछु ।
यो कार्यसमितिले चलाएको एनआरएन कस्तो थियो भन्ने हेर्न उनीहरुले बनाएको यो वेवसाईटमा गएपनि पुग्छ । त्यहाँ कम्तिमा अध्यक्षको फोटो समेत पनि उनीहरुले अपडेट गर्न सकेनन् यो गएको ५ वर्षमा – Click Here
प्रतिक्रिया