काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० अस्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित शंकर भवन माध्यमिक विद्यालयको नवनिर्मितको दुई कोठे भवनको हस्तान्तरण गरिएको छ । कूल ४० हजार डलर खर्चमध्ये २५ हजार डलर अस्ट्रेलियामा बस्ने नेपालीहरूबाट संकलन गरेर एनआरएन अष्ट्रेलियाले सहयोग गरेको थियो ।
भवनको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले उद्घाटन र हस्तान्तरण गरेका हुन् । ०७९ मा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवनको पुनःनिमार्णका लागि एनआरएन अस्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा भवन निर्माण गरिएको हो ।




अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् । आठ महिनामा निर्माण सम्पन्न भएको भवनमा पठन पाठन पनि सुरु भइसकेको छ । भूकम्पको बेला उपाध्यक्ष सन्जय पुरीको नेतृत्वमा एनआरएन अष्ट्रेलियाले तत्कालै राहत सामग्री प्रभावित क्षेत्रमा पठाउने र वितरण गर्ने कार्य गरेको थियो । अष्ट्रेलियामा रहेका सय भन्दा बढी संघसंस्थासँगको सहकार्यमा एनआरएन अष्ट्रेलियाले राहत, उद्धार र पुननिर्माण कार्य अघि बढाएको थियो । कार्यक्रममा सहभागी हुन एनआरएन अष्ट्रेलियाका अध्यक्ष पोखरेलसहित उपाध्यक्ष शम्भु गाईसी, ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल जाजरकोट पुगेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोगका लागि एनआरएनए अस्ट्रेलियालाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया