काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो । आयोग १५ सदस्यीय हुने बताइएको छ ।
आयोगको सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानूनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोगका प्रतिनिधि, नीति आयोग, योजना आयोगका प्रतिनिधि र एक जना निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने भएका छन् ।
सुशासनलाई लिएर चारैतर्फ प्रश्न उठेको सन्दर्भमा प्रधानमन्त्री ओली आफ्नै नेतृत्वमा आयोग गठन गरेका हुन् ।
विगत २० दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको सन्दर्भमा सोमवारको मन्त्रिपरिषद बैठकले केही निर्णय गरेन । तर, प्रधानमन्त्री ओलीले आफूले आन्दोलनरत शिक्षकहरूसँग कुराकानी गरिरहेको पनि बैठकमा जानकारी गराएका थिए ।
प्रतिक्रिया