शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा, मन्त्रिपरिषद्को बैठकमा सबैको नजर

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा, मन्त्रिपरिषद्को बैठकमा सबैको नजर


काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामाले यतिबेला भइरहेको शिक्षकको आन्दोलन र सम्वाद चर्चाको केन्द्रमा पुगेको छ । प्रधानमन्त्रीको दबाबकाबीच शिक्षकहरुले वार्तामा नबस्ने अडान लिएपछि मन्त्रीले राजीनामा दिएको अड्कल काटिएपनि उनले यस बारेमा केही खुलाएकी छैनन् ।

काम गर्ने वातावरण नभएको र आफुले चाहे अनुसार अघि बढ्न नपाएको मन्त्री भट्टराईको गुनासो रहँदै आएको थियो । केही समय अघि त्रिभुवन विश्वविद्यालयका उपकूलपतिले राजीनामा दिएपछि प्रधानमन्त्रीको तर्फबाट यस विषयमा चासोपूर्वक सोधपुछ भएको बालुवाटार निकट श्रोतले जनाएको छ ।

आफ्नो मातहतमा अनुशासन कायम गराउन नसकेको, सिधै प्रधानमन्त्रीमाथि आरोप आएको कारण प्रधानमन्त्री असन्तुष्ट रहेको बताउने गरिएको थियो ।

यसैबीच, मन्त्रिपरिषद्को बैठक बसेर शिक्षकहरुको मागलाई सम्बोधन गर्ने तयारी भएको छ । मन्त्रिपरिषद्को बैठकले शिक्षकलाई विद्यालय फर्काउने दिशामा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । यसैकारण धेरैको नजर बैठकमा परेको छ ।