काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ परेका छन् । अध्यक्षसहित ७ जना पक्राउ परेका हुन् ।
उनीहरु निषेधित क्षेत्रमा प्रदर्शनका गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए । यस्तै पक्राउ पर्नेमा अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाल रहेका छन् ।
राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो । शीर्ष नेता पक्राउ परेपछि राप्रपाको प्रदर्शन छिन्नभिन्न भएको छ ।
प्रतिक्रिया