स्वतन्त्र पार्टीको प्रवासी सम्पर्क विभाग भिक्टोरिया गठन, गोपीकुमार थापा प्रमुख

स्वतन्त्र पार्टीको प्रवासी सम्पर्क विभाग भिक्टोरिया गठन, गोपीकुमार थापा प्रमुख


मेलबर्न, अष्ट्रेलिया । स्वतन्त्र पार्टीको प्रवासी संगठन प्रवास नेपाली सम्पर्क विभागको क्षेत्रिय समिति भिक्टोरियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमार्फत नवगठित नेतृत्वमा गोपी कुमार थापा प्रमुख, सरोज कार्की, उपप्रमुख, रोशन पोखरेल सचिव, विश्व किरण घिमिरे कोषाध्यक्ष रहेका छन्। त्यस्तै, गोविन्द गुरुङ, सन्तोष पौडेल, उज्ज्वल राज थापा मगर, शैलेश खरेल सदस्य चुनिएका छन् ।

भर्चुअल माध्यमबाट नेपालदेखि विशेष अतिथि रास्वपा पार्टीका सांसद मनिष झा र सांसद निशा डाँगी अधिवेशनमा जोडिएका थिए । उनीहरुले नयाँ कमिटीका सदस्यहरुलाई शुभकामना दिएका थिए । त्यस्तै, केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागको सचिव पदम राज पन्थी, प्रवास नेपाली सम्पर्क विभाग अष्ट्रेलियाका केन्द्रीय सचिव गणेश पौडेल तथा ईपिंग उलर्ट नेप्लीज कम्युनिटीका अध्यक्ष कृष्ण सापकोटाले पनि नयाँ कमिटीलाई शुभकामना दिएका थिए ।

समारोहको समापनमा नवनिर्वाचित भिक्टोरिया प्रमुख गोपी कुमार थापाले समूदायको हितमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।

अधिवेशनसमा नागेन्द्र अधिकारीको नेतृत्वमा निर्वाचन कमिटी बनाइएको थियो ।