देशको पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

देशको पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


काठमाडौं । राजावादी प्रदर्शन हिंसामा बदलिएपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाएका छन् । साँझ ५ बजे हुने बैठकमा कुन कुन दललाई बोलाइएको छ नखुले पनि गणतन्त्र पक्षधर पार्टीहरुलाई पछिल्लो परिस्थितिका विषयमा छलफलका लागि बोलाइएको बताइएको छ ।

सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।
सभामुखले संसदमा अहिले देखिएको अवरोधलाई हटाउने विषयमा सचेतकहरुसँग कुराकानी गरेका थिए । माओवादीले सभामुखलाई प्रधानमन्त्रीले कुलमान घिसिंगलाई हटाउनुको कारणसहित संसदमा स्पष्टीकरण दिएपछि सदन सुचारु हुनसक्ने अन्यथा अवरोध कायम रहने जानकारी दिएको थियो ।