प्रदर्शनको क्रममा एकजनाको मृत्यु, दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको तयारी

प्रदर्शनको क्रममा एकजनाको मृत्यु, दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको तयारी


काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
उता, नेपाल सरकारले अहिलेको भाँडभैलो र हिंसाको मुख्य कारकको रुपमा दुर्गा प्रसाईं रहेको भन्दै उनलाई पक्राउ गर्ने तयारी गरेको छ । विभिन्न ठाउँमा लुक्दै हिंडेका दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटाइसकिएको गृह मन्त्रालयले जनाएको छ