मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलिया सरकारले नेपालमा अहिले आन्दोलनको मौसम सुरु भएको भन्दै सतर्कता अपनाउनु आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । विदेश मन्त्रालयको तर्फबाट नेपालस्थित अष्ट्रेलियन दूतावासले एक ट्राभल एडभाइजरी जारी गर्दै नेपालमा २८ मार्च र त्यस आसपास आन्दोलन हुने र त्यसबाट बच्न अनुरोध गरिएको छ । आन्दोलनको क्रममा तोडफोड हुने, यातायात सेवा अबरुद्ध हुने र बन्द हुनसक्ने भन्दै आफ्ना नागरिकहरुलाई स्थानीय सञ्चार माध्यममा घटनाका विषयमा अपडेट रहन पनि अनुरोध गरिएको छ ।
चैत्र १५ गते माओवादी र राजावादीले छुट्टा छुट्टै प्रदर्शन गर्दैछन् । राजावादीहरुको चलखेल बढेको भन्दै माओवादीले र वर्तमान सत्ता पल्टाउने उद्घोषका साथ राजावादीहरुले आन्दोलन गरेपछि विदेशीहरुले यसलाई चासोका साथ हेरेका मात्र छैनन आफ्ना नागरिकहरुलाई सकेसम्म नेपालको भ्रमण नगर्न र गर्नपरेको अवस्थामा पनि सावधानी अपनाउन अनुरोध गर्न थालेका छन् ।
प्रतिक्रिया