काठमाडौं । चुपचाप रहेका स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार साँझ एक सन्देशमूलक भिडियो सार्वजनिक गर्दै कुलमान घिसिंगलाई हटाउने सरकारी निर्णयको विरोध गरेका छन् । उनले फेसबुक लाईभमा आउँदै बोल्दै नबोली बत्ती निभाएर त्यसपछि मैनबत्ती बालेर विरोध जनाएका हुन् । उनले स्ट्याटस लेखेका छन् कसलाई राख्ने कसलाई हटाउने निर्णय जनताले गर्छन् ।
लामिछानेका सहयोगीहरुले यो सरकारको निर्णय जनताको अभिमत विपरित भएको प्रतिक्रिया दिएका छन् । कुलमान घिसिंगले सरकारी निर्णयका विरुद्ध अदालत जाने बताएका छन् । ऊर्जामन्त्रीको दबाबमा उनलाई मन्त्रिपरिषदबाट हटाइएको हो ।
प्रतिक्रिया