२५ करोड रकम भएको ट्रकको खबर दिनेले पाउने भए ५ करोड पुरस्कार

२५ करोड रकम भएको ट्रकको खबर दिनेले पाउने भए ५ करोड पुरस्कार


काठमाडौं । तस्करीका लागि चीन तर्फ लैजान लागिएको ठूलो परिमाणको रकमसहित ट्रक पक्राउ भयो । २५ करोड बराबरको पैसा सहित टोखामा समातिएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पुरस्कर पाउने भएका छन् । सुराक दिनेको विवरण भने गोप्य राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । पुरस्कार रकम मुद्दा फैसला भएपछि मात्रै निकासा हुन्छ । त्यसमा कानुन अनुसार कर भने लाग्ने छ।