होबार्ट – नेपालको सर्वाधिक रुचाइएको सांगीतिक समूह नेपथ्यले आफ्नो अस्ट्रेलिया यात्राको क्रममा आउँदो मार्च १८, २०२५ मा होबार्टस्थित ओडियन थिएटरमा विशेष प्रस्तुति दिने भएको छ।
नेपथ्यको यो यात्रा गिरिश ईन्टरटेनमेन्टको व्यवस्थापनमा सञ्चालन भइरहेको छ। अस्ट्रेलिया यात्रा अन्तर्गत नेपथ्यले यसअघि क्यानबेरामा आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरिसकेको छ भने पर्थ र ब्रिस्बेनका कार्यक्रमहरू भव्यताका साथ सकिएका छन् ।
नेपथ्यको आगामी कार्यक्रमहरू अन्तर्गत एडिलेड र सिड्नी का प्रस्तुति बाँकी रहेका छन्, जुन होबार्टपछि हुनेछन्। विशेषगरी सिड्नीको कार्यक्रमका सबै टिकटहरू बिक्री भइसकेपछि अर्को शो थपिएको छ ।
होबार्टस्थित ओडियन थिएटरमा हुने नेपथ्यको प्रस्तुति प्रत्यक्ष रूपमा अनुभव गर्न इच्छुक दर्शकहरूले अनलाइन माध्यमबाट टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
तस्मानियामा आयोजना हुन गइरहेको यो सांगीतिक यात्रालाई सफल बनाउन ‘इस्टियाना आयोेजन समुह’का सजन परियारले विशेष रूपमा तास्मानियामा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषी समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
नेपथ्यको यो सांगीतिक यात्रा नेपाली संगीत, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

प्रतिक्रिया