क्यानबेरामा २२ मार्च नेपाल फेष्टिभल, अष्ट्रेलियाको राजधानीमा परम्परागत भेषभूषामा परेड

क्यानबेरामा २२ मार्च नेपाल फेष्टिभल, अष्ट्रेलियाको राजधानीमा परम्परागत भेषभूषामा परेड


क्याबेरा अष्ट्रेलिया । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आगामी मार्च २२ तारिख नेपाल फेष्टिभल हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया क्यापिटल टेरेटोरी राज्य संयोजन समितिको आयोजनामा हुने फेष्टिभलमा नेपाली झण्डा, बाजागाजसहितको झाँकी निकालिने भएको छ । त्यससँगै दिनभर विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, नेपाल प्रबद्र्धनका स्टलहरु, खानाका स्टलहरु, नेपाली व्यवसायका स्टलका साथ आयोजनास्थल नेपालमय बनाउने योजना छ । फेष्टिवलको तयारी लगभग सकिएको एनआरएनए एसिटिका संयोजक बिक्रम सुबेदिले जानकारी दिए । उनले सबै तयारी पूरा भइसकेको र अव सबै आगन्तुकहरुलाइ स्वागत गर्न बॉंकि रहेको बताए । नेपाल फेष्टिभल अघिको परेडमा झांकि, कुमारी रथ यात्रा र पन्चेबाजाको धुनले सजिने बताउदै नेपाल हाउसको बिशेष आकर्षण रहने जनाए । यसपटक नेपाल फेष्टिवल क्यानबेराको मुख्य प्रायोजक अजी फाइनान्स एण्ड होम लोन रहेको छ ।

नेपाल राजदुताबाससॅंग सहकार्य गरि नेपाल हाउस बनाउने र नेपालको पर्यटन प्रबद्र्धन गरिने भएको छ । स्थानीय सरकारबाट अनुदानका लागि प्रयास भएपनि प्राप्त भइनसक्दा नेपाली व्यवसायीहरुसँगको हातेमालोमा फेष्टिभल हुँदैछ ।

क्यानबेरा क्षेत्र वरिपरि रहेका सबै नेपालीलाई नेपाली कला सॅंस्कृतीको नेपाली खाना र परिकारहरुको स्वाद लिन र नेपाल भ्रमणको निम्तोका साथै बहुसांस्कृतिक समुदायलई पनि नेपाल र नेपालीपन झल्कने कार्यक्रममा खुल्ला निम्तो र सहभागी हुन र गराउन आब्हान् गरिएको छ । सुबेदिले बिगत तीन महिनादेखी यस कार्यक्रमलाई सफल बनाउन लागी पर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले अझै पनि स्वयंसेवीहरुको आवश्यकता रहेको भन्दै कार्यक्रमस्थलमा हातेमालो गरिदिन अनुरोध गरेका छन् ।

नेपाल फेस्टिवल अन्तर्गत विहान १० बजे परेड गरिनेछ । संयोजक कृष्ण सुबेदिका अनुसार नेपालका विभिन्न जातजातिका परम्परागत झाँकीले नेपालको विविधता राजधानी क्यानबेरामा उजागर हुने बताए । गरिमा प्लेसबाट क्यासिनोको छेउ हुदै पार्क वे को ओभरहेड पुल हुदै कमनवेल्थ पार्कमा पुगेर परेड समापन हुनेछ ।

फेष्टिवलमा बालबालिकाहरुका लागी बिशेष खेल्ने स्थान हुने छ भने नृत्य, गीत संगीत र साहित्यको संयोजन ुहने अपेक्षा छ । कार्यक्रममा नेपालको चर्चित व्याण्ड कन्दराले आफ्नो प्रस्तुति दिनेछ । यस्तै गायक शिव परियार, गायिका समिक्षा अधिकारीका साथै अष्ट्रेलियाका नेपाली कलाकारहरुको समेत प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई सफलतापूर्वक आयोजना गर्न विभिन्न कमिटी बनाइएको थियो

नेपाल हाउस – राम आचार्य/किशोर भण्डारी
परेड – कृष्ण सुबेदि/प्रल्हाद अर्याल
कला संस्कृति – यज्ञ अधिकारी / अशोक बस्नेत
अतिथि ब्यवस्थापन – खुश्वु नेउपाने/जुलिया पिया श्रेष्ठ
स्वागत गेट ब्यवस्थापन – किरण गौतम/दिक्षान्त ढुंगेल
पाहुना ब्यवस्थापन – ललित मल्ल / अभिषेक उप्रेती
स्वयंसेवक ब्यवस्थापन – सत्य गुरुगंर / समिर आचार्य
स्टल बवस्थापन – प्रेम रायमाझि
मिडिया मार्केटिंग – कामना सिंग्देल/मोनालिशा धिमाल
मेडिकल – सिता पौडेल
रसद ब्यव्सथापन – बसन्त भट्ट / अभिषेक अधिकारी