काठमाडौँ । शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार बिहानका राति २ बजेर ५१ मिनेत जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का सातै प्रदेशमा महसुस भएको छ ।
भूकम्प गएपछि उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए । भूकम्पपछि पराकम्प जाने भएकोले पनि विभिन्न शहरमा बसोबास गर्ने नेपालीबीच त्रासको वातावरण छ । क्षतिको विवरण आइसकेको छैन । जर्मन भूअनुसन्धान केन्द्रले भने यसको तिव्रता ५ दशमलब ४ रेक्टर स्केल भएको जनाएको थियो ।
प्रतिक्रिया