क्यानबेरा, अष्ट्रेलिया ।
नेपालको लोकप्रिय व्याण्ड नेपथ्यको टोली अष्ट्रेलिया टूरका लागि हिंडेको छ । बिहीबार नेपथ्यले आफुहरु अष्ट्रेलियाका विभिन्न शहरमा हुने कन्सर्टमा सहभागी हुन जान लागेको जनाएको हो । व्याण्डको अष्ट्रेलिया टूरको सुरुवात आगामी ३ मार्चमा क्यानबेराबाट हुनेछ ।
एक महिना लामो यो यात्राका क्रममा अष्ट्रेलियाका सात वटा शहरमा कन्सर्ट हुनेछन् । ३ मार्चमा क्यानबेरा, ९ मार्चमा पर्थ, १४ मार्चमा ब्रिसबेन, १८ मार्चमा होबार्ट, २१ मार्चमा एडिलेड, २४ मार्चमा मेलबर्न र २९ मार्चमा सिड्नीमा कन्सर्ट गरेपछि यात्रा सम्पन्न हुने आयोजक गिरिश ईन्टरटेन्मेन्टका गगन गिरीले जानकारी दिए ।

क्यानबेराको नेशनल कन्भेन्सन सेन्टरमा, पर्थको मेट्रो सिटी हलमा, ब्रिसबेनको दि टिभोलीमा, मेलबर्नको फेष्टिभल हलमा, होबार्टको ओडिअन थियटरमा, एडिलेडको हिन्डले स्ट्रीट म्युजिकल हलमा र सिड्नीको दि होड्रन पेभेलियनमा कन्सर्ट आयोजना गरिनेछ ।
दुई वर्षअघि सफलतापूर्वक अष्ट्रेलियाका विभिन्न शहरमा कन्सर्ट गरेको नेपथ्यको यस पटकको कन्सर्टलाई नेपालयले संयोजन गरेको छ ।

प्रतिक्रिया