सिड्नी ।
सिड्नीमा क्रियाशील गायिका जेनिशा गौतमको भजन गीती संग्रह लोकार्पण गरिएको छ । सिड्नीको मेरील्याण्डमा अवस्थित गैर आवासीय नेपाली संघ एनआएनए अस्ट्रेलियाको भवनमा एक कार्यक्रमका बीच गौतमको भजन संग्रह “माया छरिदेउ” लोकार्पण गरिएको हो । कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल प्रमुख अतिथि थिए ।






भजन सार्वजनिक गर्ने कार्यक्रममा गायक मानस राज र अक्षिता तिमल्सिनाले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले जेनिशा ईन्टरटेन्टमेन्टले गीत, संगीत र संस्कृति प्रबद्र्धनमा गरेको कार्यको प्रशंसा गरेका थिए । एनआरएनए अस्ट्रेलिया नारी निकुञ्ज संयोजक संगिता चापागाईले पनि जेनिशाको लगानशीलता प्रशंसनीय भएको बताइन् ।
ग्रेटर नेप्लीज मल्टिकल्चर कम्युनिटीका अध्यक्ष विष्णु हमाल र निम्फाका पूर्व अध्यक्ष सुदर्शन थापा मगरले गीतको चर्चा गरेका थिए । कार्यक्रममा उपस्थित कलाकाहरु र प्रायोजकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । गीत रिलिज गर्दै गौतमले जेनिशा ईन्टरटेन्टमेन्टले गरेका कार्यहरुबारे उपस्थितलाई जानकारी दिइन् ।
उदयराज पौड्यालको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोमा जेनिशा आफै र बाल मुकुन्द तिमिल्सिना लगायतका अन्य कलाकारहरुलाई देख्न सकिन्छ । सार्वजनिक गरिएको भजन यस्तो छ –
प्रतिक्रिया