नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापा घटनामा आफुबाट कमजोरी भएको स्वीकार गरेका छन् । उनले कार्यक्रमका प्रस्तोताप्रति झोक्किदै बोल्दाबोल्दै भाषण रोकेका थिए ।
यस घटनालाई लिएर अध्यक्ष प्रचण्डले मञ्चबाट नै केही कमी भएको भए उपाध्यक्षसँग माफी माग्न आयोजकहरुलाई आग्रह गरेका थिए । हुलाकी राजमार्ग केन्द्रीत अभियान उद्घाटन समारोहका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यक्रम सञ्चालकसँग रिसाएका थिए ।
उनले भनेका छन्, “त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध गरेको जस्तो लाग्यो, त्यसले मलाई चित्त दुख्यो त्यसैले मैले नबोली हिंडेको हुँ । त्यसलाई सामान्य घटनाको रुपमा लिएर सबैले बिर्सिदिनु नै ठीक हुन्छ । मैले गर्दा कसैलाई बिझाएको भए त्यस घटनाको लागि म क्षमायाचना गर्दछु ।”
प्रतिक्रिया