आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको जिज्ञासाको जवाफ दिँदै

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको जिज्ञासाको जवाफ दिँदै



काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ ।
बैठकमा प्रत्यक्ष प्रश्नोत्तर हुने सचिवालयले जनाएको छ ।
आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो ।
गत मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने जानकारी गराउनु भएको थियो ।