होबार्टमा कुम सागर एण्ड द ख्वपको लाईभ प्रस्तुति

होबार्टमा कुम सागर एण्ड द ख्वपको लाईभ प्रस्तुति


होबार्ट । अस्ट्रेलिया ।
लोकप्रिय नेपाली ब्यान्ड कुम सागर एण्ड द ख्वपले आगामी अप्रिल ४ तारिख होबार्टको युनीबार स्यान्डी बेमा लाईभ प्रस्तुति दिने भएको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज तास्मानियाको मुख्य प्रायोजनमा आयो गोर्खाली इभेन्ट्सले गर्न लागेको कार्यक्रममा नेपाली लोकसंगीत र आधुनिक संगीतको संयोजन प्रस्तुत गरिनेछ । ब्यान्डले नेपाली मौलिक बाजाहरूको प्रयोग गर्दै नयाँ शैलीमा प्रस्तुति दिने भएकाले दर्शकहरूलाई विशेष अनुभव प्रदान गर्ने अपेक्षा छ ।

कार्यक्रममा नेपाली संगीतलाई विश्वभर चिनाउँदै आएको कुम सागर एण्ड द ख्वपले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। ब्यान्डले नेपाली संस्कृतिको झल्को दिने आफ्ना सिर्जनाहरू प्रस्तुत गर्ने भएकाले होबार्टमा रहेका नेपाली समुदायका लागि यो एक ऐतिहासिक सांगीतिक यात्रा हुने विश्वास गरिएको छ।

यस कार्यक्रमलाई सफल बनाउन विभिन्न साझेदारहरूको साथ रहेको छ। द चोक, ग्रेस इन्टरनेशनल, ब्राइटन कलेज, क्रिस रिमुभल्स लगायतको साथ रहेको कन्सर्टका लागि अनलाईन टिकट खरिद गर्न सकिने आयोजक संस्थाले जनाएको छ ।

नेपाली संगीतप्रेमीहरूका लागि टिकट बुकिङ खुला भइसकेको छ। टिकट सुरक्षित गर्न http://vndn.com.au/l/ks मा गएर बुकिङ गर्न सकिन्छ।