वरिष्ठ पत्रकार किशोर नेपाल अष्ट्रेलियामा, मेलबर्नमा शनिबार कार्यक्रम

वरिष्ठ पत्रकार किशोर नेपाल अष्ट्रेलियामा, मेलबर्नमा शनिबार कार्यक्रम


मेलबर्न, अष्ट्रेलिया ।
केविसीखबरको निमन्त्रणमा नेपालका वरिष्ठ पत्रकार किशोर नेपाल अष्ट्रेलिया आइपुगेका छन् । नेपाली पत्रकारिताका हस्ती नेपालको सम्मानमा शनिबार मेलबर्नको साईप्रस कम्युनिटी सेन्टरमा एक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपालले आफ्नो पत्रकारिता यात्रा, नेपालको राजनीतिक परिवर्तन र उतार चढावबारे एक प्रस्तुति दिनेछन् ।

नेपालका साथ कान्तिपुर टेलिभिजनका वरिष्ठ सम्पादक कुलचन्द्र भट्टराई पनि अष्ट्रेलिया आइपुगेका छन् । मेलबर्न अन्तर्राष्ट्रिय विमानस्थलमा केविसीखबरका संस्थापक एवं एन्जा अष्ट्रेलियाका अध्यक्ष चिरञ्जीवी देवकोटाले स्वागत गरेका थिए ।

केविसीखबरका अनुसार शनिबार विहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा मुख्यत पत्रकार नेपालको अनुभव सुन्न पाइनेछ । विभिन्न कालखण्डलाई नजिकबाट नियालेका र अहिले पनि सक्रियतापूर्वक पत्रकारिताकर्ममै रहेका नेपालको अष्ट्रेलिया भ्रमण पहिलो हो । अमेरिकाको विश्वविद्यालयबाट पत्रकारिता गरेका नेपालले नेपालमा मत अभिमत कार्यक्रम मार्फत विभिन्न जिल्लामा रहेका आवाजविहीनको आवाजलाई केन्द्रसम्म प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति, प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका प्रेस सल्लाहकार, कान्तिपुर सहित विभिन्न दैनिक पत्रपत्रिकाको सम्पादकीय नेतृत्व, नेपाल टेलिभिजनको अध्यक्ष, गोर्खापत्रको अध्यक्ष लगायतका विभिन्न भूमिकामा आफूलाई अब्बल सावित गरेका पत्रकार किशोर नेपालसँगको कार्यक्रममा सहभागी हुन तलको लिंकमार्फत दर्ता गर्न सकिनेछ –