मेलबर्न, अष्ट्रेलिया ।
मेलबर्नको उत्तरी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था डोरेन मरन्डा नेप्लीज कम्युनिटीले आगामी शनिबार ८ फेब्रुअरीमा सामूदायिक गाला डिनर आयोजना गर्ने भएको छ । बाल चौतारी भाषा विद्यालयको सहयोगका लागि आयोजना गरिएको डिनर लालोरमा रहेको मुस्ताङ प्यालेसमा हुनेछ ।
शनिबार साँझ ५ बजेदेखि गर्ने कार्यक्रममा ५ वर्षमुनीका बालबालिकाहरुलाई निःशुल्क प्रवेश दिइनेछ । कार्यक्रमका संयोजक सैवाल न्यौपानेले विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ साँझलाई अविष्मरणीय बनाउने तयारी भइरहेको बताए । उनले भने, समूदायले समूदायकै लागि केही गरौं भन्ने अभिप्रायले जुटेका हामीलाई साथ दिन आग्रह गर्दछु ।
बाल चौतारी भाषा विद्यालयले मेलबर्नका विभिन्न सबअर्बहरुमा शाखा सञ्चालन गर्दै आएको छ । यी भाषा विद्यालयमा नेपाली मूलका बालबालिकाहरुलाई उनीहरुको भाषा, रहनसहन, संस्कृति, चाडवाड लगायतका विषयमा जानकारी दिँदै नेपाली बोल्न र लेख्न सिकाउने गरिन्छ ।
प्रतिक्रिया