मेलबर्न, अष्ट्रेलिया ।
२८६१ औं सोनाम ल्होसार नयाँ वर्षको अवसरमा मेलबर्नमा डम्फु साँझ हुने भएको छ । आज स्थानीय मेलभिलरोडस्थित ईस्टोनियन हाउसमा हुने कार्यक्रममा नयाँ वर्ष सर्प वर्षलाई स्वागत गरिनेछ । लामा गुरुबाट मन्त्रोच्चारणसहित सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क रहेको आयोजक तामाङ सोसाईटी अफ भिक्टोरियाले जनाएको छ ।
कार्यक्रममा विभिन्न परम्परागत गीत, नृत्यका साथै तामाङ खानाको स्वाद पस्किने तयारी छ । साँझ ५ बजेपछि सुरु हुने कार्यक्रम राति १० बजेसम्म चल्नेछ ।
आयोजकमध्येका एक दिल तामाङले कार्यक्रममा सहभागी हुन मेलबर्नको सामाजिक जीवनका व्यक्तित्वहरुलाई आग्रह गरिएको र कार्यक्रममा सबैलाई स्वागत गर्न आफुहरु आतुर रहेको बताए ।
प्रतिक्रिया