सिड्नी, अष्ट्रेलिया ।
अष्ट्रेलियामा रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नेपाल सरकारले हालै अध्यादेशमार्फत गैरआवासीय नेपालीहरुलाई नेपाल जाँदा १० वर्षे भिसा निःशुल्क दिने प्रावधानको विरोध गरेको छ ।
प्रवक्ता बबिन मिश्र, महासचिव सन्तोष कुँवर र अध्यक्ष अनिल पोखरेलले हस्ताक्षर गरी सार्वजनिक गरेको विज्ञप्तिमा विधानको धारा १४ लाई उद्धिृत गर्दै गैरआवासीय नेपालीलाई राजनीतिक बाहेक अन्य सबै अधिकार ग्यारेन्टी गरिएको लेखेका छन् ।
एनआरएनहरुको नेपालको आर्थिक क्षेत्रमा योगदानलाई स्मरण गर्दै नेपाल सरकारलाई दिइएको अधिकार दिलाउने कार्यमा लाग्न सरकारलाई अनुरोध समेत गरिएको छ ।
विज्ञप्तिमा एनआरएन नागरिकता तत्काल लागू गर्न माग पनि गरिएको छ ।
प्रतिक्रिया