काठमाडौं । नेकपा एमालेले सरकारले ६ महिनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकलाई सेवा प्रवाह, विकास निर्माण साथै अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिक प्रतिवेदनका मुख्य विषयहरुमा छलफल भएको पनि जानकारी दिनुभयो । उहाँले नेकपा एमाले र नेपाली काँग्रेसबिचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरुका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको र सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको बताउनुभयो ।
ूसेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छू, उपमहासचिव ज्ञवालीले भन्नुभयो, ूबैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य विषयहरूमा छलफल गरेका छौँ । प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ ।ू
ूबाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले बढी ध्यान केन्द्रित गर्नुपर्छ । पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्ति लगायत सबै विषयमा छलफल भएको छ,ू उहाँले भन्नुभयो ।
प्रतिक्रिया