ब्रिजवेन, अष्ट्रेलिया ।
नेपाली सामुदायिक केन्द्र क्वीन्सल्याण्ड (क्वीएनसीसी)को साधारण सभा सम्पन्न भएको छ। शनिवार भएको साधारण सभाले पुनः डा. केशव शर्माकै अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
दुई वर्ष कार्यकाल रहने समितिको अध्यक्षमा डा. केशव शर्मा, उपाध्यक्षमा अनिता अधिकारी आले, सचिवमा नारायण पन्थी, कोषाध्यक्षमा गोविन्द ओझा, सह कोषाध्यक्षमा जीवन पौडेल, सदस्यहरूमा देवकला श्री, सरोज क्षेत्री, टिकाराम शर्मा, निकेश वस्नेत, सोभित अधिकारी, र आबिष्कार पाण्डे रहेका छन्। थप दुई जना सदस्य कार्यसमितिको बैठकले चयन गर्ने निर्णय साधारण सभाले गरेको छ।
सामुदायिक केन्द्रलाई पूर्णता दिन विभिन्न उपसमिति गठन गरी बाँकी रहेका कार्यलाई तीव्रता दिने नव निर्वाचित अध्यक्ष शर्माले केबीसी खबरलाई बताए। अबको कार्यकालमा क्वीएनसीसीको सदस्यता व्यापक रूपमा बढाउने र राज्य सरकारसँग पनि आर्थिक सहयोगका लागि पहल गर्ने कुरामा केन्द्रित हुने उनले बताए।
संस्थाको साधारण सभामा क्वीन्सल्याण्डका नेपालीवासीको सहभागीता रहेको थियो। शर्मा तेस्रो पटक क्वीएनसीसीको अध्यक्षमा चुनिएका हुन्।
प्रतिक्रिया