जनकपुरको जीत, अमेरिकी व्याट्सम्यानहरुको कमाल, उपाधि जितेपछि तराईमा धमाल

जनकपुरको जीत, अमेरिकी व्याट्सम्यानहरुको कमाल, उपाधि जितेपछि तराईमा धमाल



काठमाडौँ । अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग एनपिएलको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ ।

च्याम्पियन बन्न एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९।२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि मिलान्थाले सर्वाधिक ८७ रन बनाएका थिए । उनलेले ४९ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।

यससँगै मिलान्था एनपिएलमा सर्वाधिक दुई सय ९३ रन बनाउने पहिलो ब्याट्सम्यान समेत बनेका छन् । मिलान्था प्लेयर अफ दि म्याच बने । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए ।

बलिङमा दूरपश्चिमका स्कट कुग्लेजिन, कप्तान दिपेन्द्रसिंह ऐरी, सईफ जैव र इशान पाण्डेले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सईफ जैवले अर्धशतकीय इनिङ्स खेले । जैवले ६९ रन बनाए । उनले ४३ बलमा आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । विनोद भण्डारीले ४१ रन बनाए ।

उनले ३१ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन जोड्न सफल भए । पहिलो विकेटका लागि जैव र भण्डारीले एक सय १७ रनको साझेदारी गरेका थिए ।

यस्तै हर्मित सिंह र ब्रान्डन म्याकमुलनले १४र१४, स्कट कुग्लेजिनले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले नौ, नरेश बुढाऐरले आठ र इशान पाण्डेले ६ रन बनाएका थिए ।

बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिए ।

जनकपुरले सुदूरपश्चिमसँग यसअघि दुई खेलमा हारेको बदला समेत लिएको छ । यसअघि जनकपुर सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको थियो । २० हजार दर्शकको साथ पाएको फाइनल खेलमा जनकपुरले आफुलाई बास्तविक उपाधिको हकदारको रुपमा उभ्यायो ।

आठ वटा फ्रोन्चाइज टोली सहभागि रहेको एनपिएलमा प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपियाँ पुरस्कार पायो ।