आजबाट मेलबर्नमा मेड ईन नेपाल एक्स्पो, नेपाली सामग्रीहरुको बृहद प्रदर्शनी

आजबाट मेलबर्नमा मेड ईन नेपाल एक्स्पो, नेपाली सामग्रीहरुको बृहद प्रदर्शनी



मेलबर्न, अष्ट्रेलिया ।

आजबाट मेलबर्नमा मेड ईन नेपाल एक्स्पोको दोश्रो संस्करण सुरु हुँदैछ । आज र भोलि दुई दिने चल्ने एक्स्पोमा नेपाली सामग्रीहरुको प्रदर्शन र बिक्री गरिनेछ । नेपाली हस्तकला, चित्रकला, काष्ठकलाका सामग्रीका साथै नेपाली उत्पादनहरु समेत खरिद बिक्री गर्ने व्यवस्था मिलाइएको आयोजक नेप्को ईन्टरटेन्मेन्टका अध्यक्ष विराज थापाले केविसीखबरलाई जानकारी दिए ।
यस प्रदर्शनीमा सहआयोजकको रुपमा महिला उद्यमी महासंघ नेपालले सहकार्य गरेको छ ।

मेलामा सहभागी हुन संस्थाकी अध्यक्ष शोभा ज्ञवाली मेलबर्न आइसकेकी छिन् । विहान १० बजेबाट साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनी नेपाली उत्पादनको प्रबद्र्धन गर्न आयोजना गरिएको हो ।