काठमाडौँ । सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा) ले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई सन् २०३४ को विश्वकप आयोजनाको अधिकार दिएको हो ।
यसअघि अस्ट्रेलियाले विश्वकप आयोजना गर्ने दाबी गर्दै आए पनि मङ्गलबार मात्र अस्ट्रेलिया विश्वकप आयोजनाको दाबीबाट पछि हटेको थियो ।
अब ४८ टोली सहभागी फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबिया पहिलो एसियाली राष्ट्र हुनेछ । सन् २०२६ को आगामी विश्वकप फुटबल क्यानडा र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
फिफाले आगामी विश्वकपदेखि नै सहभागी सङ्ख्या ३२ बाट बढाएर ४८ बनाएको हो । यस्तै सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेले संयुक्त रुपमा आयोजना गर्नेछन् । एजेन्सी
प्रतिक्रिया