काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्यलाई महासचिव चयन गरेको छ ।
मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनले वैद्यलाई सर्वसम्मतिले महासचिवका रुपमा चयन गरेको हो ।
मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट सङ्गठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रीय समिति ११७ जनाको, ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् बनाउने निर्णय गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै पार्टीका नेता सिपी गजुरेलले बेल्ड एण्ड रोड इनिसिएटिभ ९बिआरआई० परियोजनाअन्तर्गत सहायता मात्रै लिने भनेर नेपाली कांग्रेसले राष्ट्रवादी देशभक्त देखिन खोजेको आरोप लगाउनुभयो । उहाँले बिआरआईबाट नेपालले भविष्यमा धेरै आर्थिक फाइदा लिनसक्ने भएकाले आफ्नो पार्टीले विरोध नगर्ने बताउनुभयो ।
पार्टीले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चा गरी सघ्रघर्षका कामलाई अगाडि बढाउँदै लैजाने निर्णय गरेको छ ।
प्रतिक्रिया