मस्को, रुस ।
रुसले सिरियाबाट भाग्न बाध्य भएका राष्ट्रपति बसर अल असदलाई आफ्नो देशमा शरण दिने भएको छ । मानवीय आधारमा शरण दिने निर्णय भएको रुसी अधिकारीहरुले बताएका छन् । रुसको मित्रशक्तिका रुपमा काम गरेका असदले बढ्दो असुरक्षाकाबीच देश छाड्ने निर्णय गरेका थिए । उनी विमानमार्फत देश छोडेर भागेपछि विद्रोहीहरुले राजधानी दमास्कस कब्जा गर्नुका साथै विद्रोहीहरुले उनको निवासमा समेत लुटपाट गरेका छन् ।
रुसले सिरियामा पछिल्लो समय बढ्दै गएको असुरक्षाकाबीच आफ्ना सैनिक शिविरहरुको सुरक्षालाई लिएर रुसले चिन्ता व्यक्त गरेको छ । तर, वद्रोही समूहहरुसँग सम्पर्कमै रहेको कारण रुसले आफ्ना सैनिकहरुलाई केही नहुने अपेक्षा गरेको छ । उता विद्रोही समूहले पनि कुनैपनि विदेशी सैनिकविरुद्ध हिंसालाई अस्वीकार गरेका छन् । यस्तो आश्वासन उनीहरुले आगामी दिनमा देश बाहिरका शक्तिहरुसँग राख्ने सम्बन्धका हिसाबले पनि अपेक्षित मानिन्छ । तर, रुसमा असदको शासनलाई लामो समयदेखि चल्न दिएको र सहयोग नै गरेको रुसका सम्बन्धमा उसको नीति भने प्रतिक्षाको विषय बनेको छ । यस्तै ईरानका विषयमा पनि उनीहरुको धारणा प्रतिक्षित छ ।
विद्रोहीहरुले राजधानी कब्जा गरेपछि जेलमा रहेका सबैजनालाई रिहा गरिएका दृश्यहरु विभिन्न सञ्चारमाध्यमले प्रशारण गरेका छन् । विद्रोही नेता अबु मोहम्मद अल जुलानीले राजधानीमा रहेको एक मश्जिदमा आफ्ना लडाकुहरुलाई सम्बोधन गरेका छन् । विभिन्न अडकल चलिरहँदा अमेरिकाले पछिल्लो परिवतर्ननलाई स्वागत गरेपनि संयमतापूर्वक हेरिरहेको प्रतिक्रिया दिएको छ । छिमेकी देशमा भागेर शरण लिइरहेका सिरियालीहरु देश फर्कने क्रम सुरु भएको छ । अघिल्लो सत्तामा हालीमुहाली गरेकाहरु भने फरार हुने क्रम चलेको छ । यता विश्वका विभिन्न कुनामा रहेका सिरियाली शरणार्थीहरुले ५० वर्ष लामो असद शासनको अन्त्य भएकोमा खुशी व्यक्त गर्दै प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया