सिड्नी, अष्ट्रेलिया ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी संस्था प्रवासी नेपाली सम्पर्क विभाग अष्ट्रेलियाले सभापति रवि लामिछानेलाई मध्यरातमा जिल्लासार्ने काम बदनियतपूर्ण भन्दै डायरी समेत खोसिएको घटना मानव अधिकारको गम्भीर उल्लंघन भएको ठहर गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाका अष्ट्रेलिया प्रमुख कृष्ण पौडेलले सरकारले राज्य संयन्त्रको अत्यधिक दुरुपयोग गरी एक प्रतिस्पर्धी तथा वैकल्पिक लोकतान्त्रिक राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने, अमानवीय, अपमानजनक व्यवहार गर्ने काम गरेको ठहर गरेको छ ।
नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी संहिताको दफा १६७ विरुद्ध सरकारी गतिविधि भएको उसले आरोप लगाएको छ । साथै, विज्ञप्तिमा अन्तर्राष्ट्रिय निकायहरुलाई यसका विरुद्ध निगरानी गरिदिन पनि प्रवासी नेपाली सम्पर्क विभाग अष्ट्रेलियाले अपिल गरेको छ ।
प्रतिक्रिया