एनपीएलमा पहिलो सतक, पोखराको पहिलो जीत, पछारियो लुम्बिनी लायन्स

एनपीएलमा पहिलो सतक, पोखराको पहिलो जीत, पछारियो लुम्बिनी लायन्स


काठमाडौँ । अमेरिकी ब्याट्सम्यान एन्ड्रिस गौस र दीनेश खरेलले विस्फोटक ब्याटिङ गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो । जितका लागि एक सय ७१ रनको चुनौती पूर्ण लक्ष्य पोखराले १६।५ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पोखराका लागि एन्ड्रिसले ऐतिहासिक शतक पूरा गरे ।

उनले ५५ बलमा १२ चौका र पाँच छक्काको सहयोगमा अविजित एक सय चार रन बनाएका थिए । यो जारी एनपीएलमा कुनै पनि खेलाडीले एउटै इनिङ्समा बनाएको सर्वाधिक रन हो । एन्ड्रिस प्लेयर अफ दि म्याच पनि घोषित भए ।

यस्तै ओपनर दीनेशले अविजित ६१ रन बनाएका थिए । उनले ४६ बलमा चार चौका र चार नै छक्का प्रहार गरे । एन्ड्रिस र दीनेशको यो सर्वाधिक एक सय ७६ को पाटनरसिप हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । लुम्बिनीले चुनौतीपूर्ण लक्ष्य खडा गरेपछि बलिङ चल्न नसक्दा हार खेप्न बाध्य बन्यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ९५ रन बनाएका थिए । उनले ५९ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । टोम मूर्सले ४५ रन बनाएका थिए । उनले ३८ बलमा दुई चौका र दुई छक्का हान्न सफल भए । सन्दीप जोराले १८ रन जोडेका थिए ।

बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए भने म्याट क्रिच्ट्लीले एक विकेट लिए । दोस्रो खेल खेलेको लुम्बिनीको यो दोस्रो नै हार हो । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । तीन खेलमा पहिलो जित निकालेको पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो ।