मेलबर्न, अष्ट्रेलिया ।
भिक्टोरियाको सामुदायिक खेलकुदमा आफ्नो प्रभाव जमाउँदै गएको क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लबले आगामी डिसेम्बर १५ तारिख काठमाडौं प्रोपर्टीज कप फाईभ ए साईड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं प्रोपर्टीज रहेको छ । ३५ वर्षमाथिको समूहतर्फ एभरेष्ट होम लोन्स लिजेन्ड्स कपमा ८ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । लिजेन्ड्स कपको मुख्य प्रायोजक एभरेष्ट होम लोन्स रहने क्रेगीबर्न ब्रिगेडका माधव पौडेलले केविसीखबरलाई जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट गोलकिपर, हाईस्कोर र फेयर प्ले टिम एवार्ड समेत प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुने टिमले १० जना खेलाडीलाई मैदानमा उतार्न सक्नेछन् । सुरुवातमा ५ जना एउटा टिममा रहेपनि अधिकतम थप ५ जनासम्मलाई परिवर्तन गर्न सक्ने नियम राखिएको छ ।
काठमाडौं कप फुटसल ह्वीटन ओभल फुटस्क्रे वेष्टमा विहान ८ बजेदेखि आयोजना गरिनेछ ।
प्रतियोगितामा खुलातर्फ क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब रेड, क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ग्रीन, युनाईटेड फुटबल क्लब पहेंलो, युनाईटेड फुटबल क्लब सुन्तला, एभरेष्ट युनाईटेड फुटबल क्लब, नर्थ पिक फुटबल क्लब, ईपिंग उलर्ट फुटबल क्लब, हिमालयन फुटबल क्लब, हिमालयन टाईगर्स कालीका फुटबल क्लब, चन्द्रसूर्य फुटबल क्लब, रोयल वेष्टर्न क्लब, रोयल फुटबल क्लब रेड, रोयल फुटबल क्लब ब्लू, यति फुटबल क्लब रेड र यति फुटबल क्लब ब्लू रहेका छन् ।
त्यस्तै लिजेन्ड्सतर्फ क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ग्रीन, क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ह्वाईट, यति फुटबल क्लब, युनाईटेड फुटबल क्लब, रोयल वेष्टर्न क्लब, हिमालयन फुटबल क्लब, नेपसिटी ब्वाईज, नेप्लीज नेबरहुड कम्युनिटी टाईगर्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया