चीनसँग सहमति भएका ९ बुँदा के हुन ?

चीनसँग सहमति भएका ९ बुँदा के हुन ?



काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीसँग त्यहाँका प्रधानमन्त्रीले गरेको वार्तापछि ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । जसमा भैंसीको मासु आयातदेखि बसन्तपुरको दरबार बनाउनेसम्मका कुरा समेटिएका छन् । ०७२ सालको भूकम्पमा भत्किएको वसन्तपुरको नौ तल्लो दरबारको पुनर्संरचना चीनले गरेको छ र नेपाल सरकारलाई हस्तान्तरण पनि गरिसकेको छ । त्यसको प्रमाणपत्र पनि अदानप्रदान गरिएको छ ।

टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरी पत्र आदानप्रदान गरिएको छ । त्यसैगरी विभिन्न विकास योजनासम्बन्धी समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ ।

नेपालका विभिन्न विद्यालयमा चिनियाँ शिक्षक स्वंयसेवीले चिनियाँ भाषा पढाउने विषयमा पनि दुई देश बिच समझदारी भएको छ । आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनुको साथै नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बिच ९सीएमजी० बिच सञ्चार प्रविधिबारे सम्झौतापत्रमा हस्ताक्षर भएको स्रोतले दाबी गरेको छ ।

यस्ता छन् सहमतिहरू स्

  • टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
  • नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
  • नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
  • फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
  • विकास योजना सम्बन्धी समझदारी पत्र
  • आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
  • नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
  • स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
  • नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बिच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । त्यसपछि दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र त्यसपछि हस्ताक्षर समारोह भएको थियो ।