नेपालमा ९ लाख ९७ हजार एकल महिला रहेको तथ्यांक सार्वजनिक

नेपालमा ९ लाख ९७ हजार एकल महिला रहेको तथ्यांक सार्वजनिक


काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा नौ लाख ९७ हजार ६६३ एकल महिला रहेको जनाएको छ । सोमबार कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो ।

तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा बिधुवा महिला बढी रहेको देखाएको छ ।नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये नौ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिलारविधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अध्ययन गर्दा विधवा, सम्बन्धविच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको छ । विगतका विभिन्न समयमा भएका जनगणनाका तथ्याङ्कहरूलाई समेत आधार बनाएका छौँ । अध्ययनबाट प्रतिवेदनमा सबैभन्दा बढी एकल महिलामा पनि बिधुवा महिला बढी छ । एकल महिलाको घरपरिवार अवस्था विश्लेषण गर्दा ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये नौ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिलारविधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको छ । यी ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखियो ।’’

उहाँले जसमा सात लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखिएको पनि बताउनुभयो । उहाँले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्याङ्कले देखाएको जानकारी दिनुभयो । उहाँले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको उल्लेख गर्नुभयो ।

निर्देशक सिलवालले कार्यालयले अध्ययन गर्दा विधवा, सम्बन्ध विच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको बताउनुभयो । उहाँले विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको जिकिर गर्नुभयो ।

उहाँका अनुसार कम्तीमा एक जना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत यी दुई प्रदेशमा देखिएको छ । दश वर्ष वा सोभन्दा माथिका कुल महिला जनसङ्ख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेको भन्दै तथ्याङ्कले विदुर २.२ प्रतिशतभन्दा विधवा महिलाको सङ्ख्या धेरै ६.६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको उहाँको भनाइ छ ।

निर्देशक सिलवाले सन् २००१ को जनगणनामा एकल महिला ३।७ प्रतिशत मात्र रहेकोमा सन् २०२१ मा झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो । उहाँले सन् २००१ मा थप ३ प्रतिशतले बढेर २०२१ मा ६.६ प्रतिशत पुगेको उल्लेख गर्नुभयो । उहाँले विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको भन्दै ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने २०२१ मा ०.७ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

‘‘दश वर्ष वा सोभन्दा माथिका कुल महिला जनसङ्ख्यामध्ये ८।२ प्रतिशत एकल महिला थिए । तथ्याङ्कले विदुर २।२ प्रतिशतभन्दा विधवा महिलाको सङ्ख्या धेरै ६.६ प्रतिशत रहेको छ । सन् २००१ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा सन् २०२१मा झन्डै दोब्बरले वृद्धि भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यस्तै सन् २००१ मा थप ३ प्रतिशतले बढी २०२१ मा ६.६ प्रतिशत पुग्यो । विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दर बढेको छ । ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने २०२१ मा ०.७ प्रतिशत पुगेको छ ।’’ उहाँले एकल महिलाका विषयमा राज्यले नीति निर्माण गर्दा बलियो दस्ताबेज हुने बताउनुभयो ।