काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति भवनमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवसहित चार राजदूतले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
एक विशेष समारोहकाबीच यादवसहित अमेरिकाका लागि नियुक्त राजदूत लोकदर्शक रेगमी, जर्मनीका लागि नियुक्त डा. शैल रुपाखेती, साउदी अरेवियाका लागि नियुक्त डा. नरेशविक्रम ढकालले सपथग्रहण गरेका हुन् । उक्त समारोहमा परराष्ट्रमन्त्री डा. आरजु देउवा लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
अष्ट्रेलियासँगको कुटनीतिक सम्बन्ध स्थापित भएको ६ दशकभन्दा लामो ईतिहासमा सरकारले पूर्वमन्त्री एवं पूर्वसभामुख तहको उच्च नेतृत्वलाई दूतावासमा पठाएको पहिलो पटक हो ।
प्रतिक्रिया