काठमाडौँ । श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले अविजित अर्धशतकीय इनिङ्स खेलेपछि जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग ९एनपिएल० मा विजयी सुरुवात गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा शनिबार देखि सुरु भएको लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हरायो ।
जितका लागि एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५।३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि लाहिरुले अविजित ७५ रन बनाउनुभयो ।
उहाँले ५३ बलमा नौ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । हर्ष थाकेरले अविजित २९ रन बनाउनुभयो । बलिङमा विराटनगरका चेरिस सोल र प्रतिश जिसीले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो ।
विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेल्नुभयो । ५५ रन बनाउनुभएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्नुभयो । अकिब इल्यासले १५ रन बनाउनुभयो ।
ओपनर लोकेश बम पाँच रनमा आउट हुनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिनुभयो ।
किशोर महतो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन र बेन माइकले एक विकेट लिनुभयो । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया