सिड्नीसहित अष्ट्रेलियाका मुख्य स्थानमा तातो मौसम र पानी

सिड्नीसहित अष्ट्रेलियाका मुख्य स्थानमा तातो मौसम र पानी


मेलबर्न, अष्ट्रेलिया ।
सिड्नीका केही क्षेत्रमा आज तापक्रम ४० डिग्री हाराहारी पुग्ने भएको छ । पूर्वी न्यूसाउथवेल्समा यो साता नै गर्मी हुने अनुमान छ ।

पेनेरिथ, रिचमण्ड क्षेत्रमा दिउँसो ३ बजेतिर ३९ डिग्री पुग्नेछ । यससँगै अन्य क्षेत्रमा पनि मौसम तातो नै हुनेछ । यससँगै मंगलबारदेखि बिहीबारसम्म तातो हावाको लहर फैलिनसक्ने चेतावनी जारी गरिएको छ । यससँगै एडिलेड, भिक्टोरिया, पर्थ लगायतका क्षेत्रमा पानी पर्ने पनि प्रक्षेषण गरिएको छ ।

तातो हावाको यो प्रकरणसँगै साता सकिँदै जाँदा पानी पर्न सुरु हुनेछ । यसले मौसम अहिलेको ठीक विपरित दिशातर्फ अर्थात् चिसो हुने पनि मौसमविद्हरुले बताएका छन् । आईतबारपछि परिस्थिति त्यसतर्फ जानेछ ।