चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त, छिट्टै पदभार ग्रहण गर्ने

चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त, छिट्टै पदभार ग्रहण गर्ने



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्नुभएको हो । नेपालमा संसदीय सुनवाई पछि अष्ट्रेलियामा एग्रिमोको लागि पठाइएको र एग्रिमो आएपछि सरकारले यादवलाई राजदूतमा नियुक्त गरेको हो ।
नेपाली काँग्रेसकी नेतृ यादव उपसभामुख र मन्त्रीसमेत भइसक्नुभएको छ । अष्ट्रेलियामा हालसम्म नियुक्त भएका राजदूतमा यादव नै उच्च ओहोदाको राजनीतिकर्मी हुनुहुन्छ ।