मेलबर्न, अष्ट्रेलिया । विभिन्न सहकारीमार्फत २९ करोड ठगी गरेको आरोप लागेका बालगोपाल श्रेष्ठका विरुद्ध प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ । श्रेष्ठ आफ्नी श्रीमतीसहित एडिलेडमा रहेकी छोरीज्वाईको साथमा रहेको ठगीमा परेकाहरुले प्रहरीमा उजुरी गरेका थिए ।
करिब एक वर्षभन्दा अघि अष्ट्रेलिया आएका उनीहरु यतै बसेको र भिसा परिवर्तन गरी थप समय बसोबास गर्ने वा अमेरिकामा रहेको आफ्नो छोराकोमा जाने तयारी गरिरहेको हुनसक्ने आशंका गर्दै पीडितहरुले प्रहरीलाई रेडकर्नर नोटिस जारी गरेर भएपनि नेपाल ल्याउन माग गरेका थिए । पीडितहरुको माग र अदालतबाट उनलाई जारी भएको पक्राउ पूर्जी लगायत पक्राउ परेकाहरुको बयानका आधारमा रेडकर्नर नोटिस जारी भएको प्रहरीले जनाएको छ ।
निज बालगोपाल श्रेष्ठले मात्र होइन श्रीमती सत्य श्रेष्ठ पनि प्रहरीको फरार सूचिमा छिन् । निजका भाईसहित ९ जना परिवतारका सदस्यहरुविरुद्ध ठगीको मुद्दा चलिरहेको छ ।
त्यसमध्ये अधिकांश फरार छन् भने दम्पत्ति अष्ट्रेलियामा लुकेर बसेको आशंका छ ।
प्रहरीले ईन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेपछि अष्ट्रेलियन प्रहरीको सहयोगमा निजलाई फर्काउने पहल हुनेछ ।
निजमाथि कृत्रिम खाता खोली ६ करोड ३५ लाख २९ हजार ४ सय १६, जगेडा कोषको ८ लाख ५५ हजार १ सय २८, बचत खाताबाट हिनामिना गरेको १३ लाख ९३ हजार २ सय ९६, बाह्य ऋण र कृत्रिम सम्पत्ति देखाई गरिएको कृत्रिम खाताबाट ११ करोड ४२ लाख ५५ हजार ६ सय ८२, बचतकर्ताको रकम दुरुपयोग ७० लाख ४९ हजार २ सय ५०, फर्जी खची देखाएर १ करोड ३९ लाख ७८ हजार २४ रुपैयाँ, कर्जा लगानी शीर्षकबाट हिनामिना गरेको ६ करोड १४ लाख २८ हजार १ सय २० गरी करोडौं अपचलन गरेको आरोप छ । संस्थाले कूल २९ करोड ९८ लाख ५० हजार ८ सय १० रुपैयाँ निज श्रेष्ठले हिनामिना गरेको हुनाले प्रतिवादीबाट नै बिगो भराई लिन मागदावीसाथ अदालतमा मुद्दा रहेको छ ।
प्रतिक्रिया