काठमाडौं । आजबाट गैरआवासीय नेपाली संघको विश्व सम्मेलन काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा आयोजना हुने सम्मेलनलाई उद्घाटन गर्नुहुनेछ । एनआरएनका प्रवक्ता फणिन्द्र पन्तले एक विज्ञप्ति जारी गर्दै सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन् ।
प्रत्येक वर्ष साधारणसभा हुनुपर्ने नियम अनुसार एक पटक वैचारिक र विधानमा केन्द्रित रहेर सम्मेलन गर्ने र अर्को वर्ष नेतृत्व चयन लगायतमा केन्द्रित हुने क्रम अन्तर्गत यो सम्मेलनमा रुपान्तरण र एकता ः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने नाराका साथ आयोजना हुँदैछ ।
सम्मेलनपूर्व एनआरएनले गैरआवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका साथै नेपाली नागरिकताको निरन्तरताको बहस, नेपालमा आर्थिक रुपान्तरण तथा लगानीको वातावरण, मताधिकार र गोर्खा नेपालीमूलका नागरिक पिएनओ, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, प्रवासी युवाहरुको सशक्तिकरण, सुरक्षित व्इवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, नेपाल पर्यटन र एनआरएनको भूमिका लगायतका विषयमा ग्लोबल कन्क्लेभमा छलफल हुने जानकारी गराएको छ ।
प्रतिक्रिया