मेलबर्नमा जनसम्पर्क समिति भिक्टोरिया अष्ट्रेलियाको चाडपर्वलक्षित शुभकामना बार्बिक्यू जमघट (फोटो फिचरसहित)

मेलबर्नमा जनसम्पर्क समिति भिक्टोरिया अष्ट्रेलियाको चाडपर्वलक्षित शुभकामना बार्बिक्यू जमघट (फोटो फिचरसहित)



मेलबर्न, अष्ट्रेलिया । दशैं, तिहार, छठ, नेपाल सम्वतको नयाँ वर्षको अवसर पारेर जनसम्पर्क समिति भिक्टोरिया अष्ट्रेलियाले बार्बिक्यू कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय कोबर्ग पार्कमा भएको चियापान कार्यक्रममा मेलबर्नमा रहेको नेपाली समूदायका अगुवाहरुको बाक्लै उपस्थिति रहेको थियो । कोजाग्रत पूर्णिमा छेको पारेर जनसम्पर्क समितिले हरेक वर्ष शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ । जनसम्पर्क समिति भिक्टोरियाका सभापति दिनेश बन्जाराले केविसीखबरसँग कुरा गर्दै सभापति बन्जाराले देशको राष्ट्रियता कला, संस्कृति, चाडपर्व र रितिरिवाजले मजबुत बनाउने भएकोले संस्थाले हरेक वर्ष चाडपर्वकेन्द्रित शुभकामना आदान प्रदान कार्यक्रम गरेको जानकारी दिए । उनले भने, “विदेशी भूमिमा यसरी गर्ने कार्यक्रमले सबैलाई एकै ठाउँमा जोड्न मद्दत गर्छ भन्ने विश्वास छ ।”

कोबर्ग लेक पार्कमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव यज्ञराज जोशीले गरेका थिए भने भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, नेपाली जनसम्पर्क समिति ईजरायलकी सभापति दिपिका भुसाल, एनआरएन नर्दन टेरेटोरीका संयोजक सन्जीव ढकाल, नेपाल महिला संघकी केन्द्रीय सदस्य उमा शिवाकोटी, नेपाल तरुण दल गोर्खा जिल्ला उपाध्यक्ष मनोज देवकोटा, नेपाली काँग्रेस चितवनका पूर्वसचिव देवेन्द्र गुरुङ्, जनसम्पर्क समिति अष्ट्रेलियाका नेता सोमप्रसाद देवेन्द्र गुरुङ, जनसम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष गणेश पौडेल, पूर्वअध्यक्ष सुरेश पोखरेल, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष केशव कँडेल, प्रवक्ता बबिन मिश्र, पूर्वउपाध्यक्ष प्रेम कँडेल, हरि खड्का, प्रवासी नेपाली मञ्चका नेता प्रकाश सेढाई, भिक्टोरिया अध्यक्ष गणेश गौतम, नेपाली जनप्रगतिशील मञ्चका उपाध्यक्ष गौतम लामिछाने, समूदायका अगुवा श्री पन्त, प्रवासी नेपाली एकता मञ्चका पुष्कर गौतम लगायतले उपस्थित सबैलाई शुभकामना दिएका थिए ।
मध्यान्ह १२ बजेबाट सुरु भएको शुभकामना आदान प्रदान कार्यक्रम दिउँसो ४ बजे सम्पन्न भएको थियो ।