काठमाडौं ।
सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने भएको छ ।
शनिबार सार्वजनिक बिदा भएकाले प्रहरीले आइतबार उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार उनी काठमाडौँबाट पक्राउ गरेका थिए । पक्राउ परेसँगै प्रहरीले रातारात लामिछानेलाई सडकमार्ग हुँर्द पोखरा लगेको हो।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो । लामिछान पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।
यसैबीच, आक्रोशित रास्वपाका नेता तथा कार्यकर्ता कास्कीमा पुग्ने क्रम छ । शनिबार उनीहरुले विभिन्न ठाउँमा प्रदर्शन गरे । प्रदर्शनका क्रममा रास्वपाका दुई उपसभापति सहितका नेताहरुले सम्बोधन गर्दै योजनाबद्ध रुपमा फसाउने षडयन्त्र भएको बताएका थिए । भ्रष्टाचारीहरु, सहकारीको रकम अपचलन गर्नेहरु खुल्लमखुल्ला हिंडेको तर छानविन समितिले पनि दोषी छैन भनेको व्यक्तिलाई राजनीतिक रोटी सेक्ने नाममा फसाउन खोजीएको उनीहरुको तर्क थियो ।
आज अदालतमा लगिँदा रास्वपाका नेता कार्यकर्ताहरुले प्रहरी चौकीबाट अदालत जाने बाटोमा प्रदर्शन गर्ने भएका छन् ।
प्रतिक्रिया