सिड्नी, अष्ट्रेलिया ।
पुर्व मन्त्री तथा नेकपा एमाले सचिव योगेश भट्टराई यतिबेला अष्ट्रेलियाको भ्रमणमा छन् । उनी गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले एडलेडमा आयोजना गरेको युथ कन्क्लेभमा सहभागी हुन आएका थिए । अष्ट्रेलियाबाट पार्टी कामको सिलसिलामा बेलायत जान लागेका भट्टराई यतिबेला व्यस्त देखिन्छन् । सिड्नी, मेलबर्नमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको कार्यक्रममा उनको सहभागिता छ । श्रीमतिसहित आएका योगेश केही घुमघाममा पनि देखिन्छन् । आईतबार सिड्नीमा आयोजना भएको एक अन्तरक्रियामा उनले एनआरएन र नागरिकताका विषयमा आफ्नो धारणा राखेका थिए ।
बिहीबार भट्टराईलाई मेलबर्नको प्रवासी नेपाली मञ्चले स्वागत गर्दैछ भने समूदायसँग अन्तरक्रिया समेत आयोजना हुँदैछ । सिड्नीमा एमाले सचिव भट्टराईले एनआरएन नागरिकका अधिकारका बिषयमा भएका अन्यौल छिट्टै हट्ने बताएका छन् । नेता भट्टराईले संविधानले तोके बमोजिम गैर आवासिय नेपाली नागरिकका अधिकारहरु कार्यान्वयनमा रहेका कानुनी अबरोधहरु हटाउन सरकारले कार्यदल नै निर्माण गरेर अगाडि बढेको बताए ।
अन्तरक्रिया कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले संमृद्ध नेपाल निर्माणमा सहभागी हुन प्रवासमा रहेका नेपालीहरु तयार रहेको तर देशका कतिपय कानुनहरु लगानी मैत्री नभएका त्यसको संशोधनका लागि माग गरेका थिए । कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषद उपाध्यक्ष डा। विनोद श्रेष्ठले एनआरएनएले आर्थिक लगानी मात्र नभएर विदेशमा सिकेको ज्ञान सिप पनि नेपाल निर्माण लगाउन चाहेकाले नेपाल सरकारले त्यसको लागि बतावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।
अन्तरक्रियामा न्यु साउथ वेल्सका नेपाली वाणिज्यदुत संजिव शर्मा, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषद सदस्य तथा अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोशियनका पुर्वअध्यक्ष हेमन्त काफ्ले, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य शिशिर नेपाल, नेपाल अष्ट्रेलिया डेमोक्रयाटिक सोसाईटीका अध्यक्ष भिष्म भण्डारी लगायतका वक्ताहरुले कार्यक्रममा आफ्नो धारणा राखेका थिए । मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रकाश पन्थीले गरेका थिए ।
मञ्चका अगुवा तथा सदस्यहरु सहित सिडनीमा रहेका समुदायका अगुवाहरुको उपस्थिति रहेको अन्तरक्रियामा स्वागत मन्तव्य प्रवासी नेपाली मञ्च ओशियाना कमिटी सचिव सन्तोष दहाल र धन्यवाद ज्ञापन प्रवासी नेपाली मञ्च एनएसडव्लुका अध्यक्ष सुर्य मोहन शर्माले गरेका थिए ।
प्रतिक्रिया