सिड्नी । अष्ट्रेलियामा नेपाली मूलका सञ्चालक रहेका एजुकेशन कन्सल्टेन्सीहरुको संस्था अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स ९एका०को नयाँ अध्यक्षमा कोमलराज पाठक चयन भएका छन् ।
सिड्नीमा शुक्रवार आयोजना गरिएको साधारणसभामा पाठक नेतृत्वको नयाँ कार्यसमिति घोषणा गरिएको हो । संस्थाको उपाध्यक्षमा चुडामणी सिलवाल, सत्यप्रकाश कँडेल र शंकर धरेल सर्वसम्मत भएका छन् ।
त्यसैगरी संस्थाको सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे, कोषाध्यक्षमा भुवनहरि पाण्डे छानिएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा अनिश पुरी,अर्जुन थपलिया, भुमि सुवेदी, सुनिल सिग्देल, अरूण गौतम, दिपक पौडेल,सागरकुमार शर्मा, सुमन अधिकारी निर्विरोध चयन भएका हुन् ।
साधारणसभा पछि केविसीखबरसँग कुरा गर्दै अध्यक्ष पाठकले संस्थागत सदस्यहरुलाई व्यवसायिक मर्यादामा कायम राख्ने कुरामा ध्यान दिने र सदस्यहरुबीचको सौहाद्र्रता अभिबृद्धिमा केन्द्रित हुने बताएका छन् ।
यसअघि रामचन्द्र पौडेल नेतृत्वको कार्यसमितिमा पाठक उपाध्यक्ष पदमा कार्यरत थिए । उनी फोर नेशन्स एजुकेशन कन्सल्टेन्सीका निर्देशक हुन् । उनी नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाका संस्थापक अध्यक्ष हुन् भने हाल गैरआवासीय नेपाली संघका ओसेनिया डेप्युटी रिजनल कोअर्डिनेटर समेत हुन् ।
प्रतिक्रिया